संक्रमण बढेपछि पोखरा महोत्सव स्थगित
नेपालबहस संवाददाता
पुस २६, २०७८ मंगलबार १:५९:१६
२६ पुस, गण्डकी । युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने ११औँ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ ।
नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ‘सीसीएमसीसी’ को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै ११औँ संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइन्जेलका लागि स्थगित गरिएको हो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठद्वारा आज प्रकाशित प्रेस विज्ञप्तिअनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने क्लबको उद्देश्यअनुरूप जनस्वास्थ्यप्रति उत्तरदायित्व वहन गर्नु सबैको कर्तव्य भएकाले महोत्सव स्थगित गरिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “महोत्सव सफल बनाउन सहयोग गर्ने मुख्य प्रायोजक, उपप्रायोजक, प्रायोजक, सहयोगी संस्था, मिडिया, प्रवद्र्धक, जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिकालगायत सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गर्दै समय अनुकूल भएपछि पुन महोत्सव सञ्चालन हुनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
मधेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार