६ माघ २०७८, बिहीबार

हिमपातले हवाई सेवा अवरुद्ध, यात्रु हुम्लामै थन्किए

प्रकाशित मिति :  २६ पुष २०७८, सोमबार २०:१५


२६ पुस, सिमकोट । आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन् । सिमकोटमा हिमपातका साथै बादल लागेका कारण यहाँदेखि नेपालगञ्ज र सुर्खेतका हुँदै आएको नियमित उडान हुन सकेको छैन ।

सीता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए । हुम्ला पुग्नुपर्ने यात्रु नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन् । टिकट काटे पनि हिमपातका कारण गन्त्व्यमा पुग्न नसकिएको स्थानीय हेमन्त बोहराले बताए ।

बोहरा नेपालगञ्ज हुँदै काठमाडौँ जाने तयारीमा रहनुभएको थियो । हवाई उडान बन्द भएपछि खाद्यान्न ढुवानी हुन सकेको छैन । नेपालगञ्ज र सुर्खेतबाट निर्माण सामग्री तथा दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन ।

हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । खेती फष्टाउने भन्दै उनीहरु खुसी भएका हुन् । हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवा उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका–१ का मनोज विकले बताए ।

हिमपातपछि उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । नाम्खाको चाला, यारी, तिल, जाङ्हल्जी, लिमी, मुचु र हिल्सामा बाक्लो हिमपात भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा