६ माघ २०७८, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंक ग्राहकलाई आगन्तुक रिसोर्टमा विषेश छुट

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार ११:४५


२७ पुस, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र श्री आगन्तुक रिसोर्ट बीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई रिसोर्टमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्टले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी उक्त सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत श्री अपूर्व प्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रा.लि.का तर्फबाट उक्त कम्पनीका संचालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापत्र अनुसार अव यस बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवा मध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ्ग वा त्तच् कोर्ड मार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर १०५ शाखा कार्यालयहरु, ३२ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा