६ माघ २०७८, बिहीबार

सिन्धु विकास बैंकको सीईओमा गिरी नियुक्त

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १३:१४


२७ पुस, काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’मा राम कुमार गिरीलाई नियुक्त गरेको छ ।

कम्पनीले पुस २६ गतेदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो । पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

उनी यसअघि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।यसअघि कम्पनीको सीईओमा रमेश प्रसाद जोशी थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा