६ माघ २०७८, बिहीबार

आज पत्रकार उमा सिंहको १३औं स्मृति दिवस मनाइँदै

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १३:४९


२७ पुस, जनकपुरधाम । पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ । महिला हिंसा, तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो ।

स्थानीय रेडियो टुडे एफएमका कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो ।

पत्रकार सिंहको १३औं स्मृति दिवस नेपाल पत्रकार महासंघ धनुषालगायत विभिन्न पत्रकार संघसंगठनले विभिन्न कार्यक्रम गरी आज मनाउँदैछन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज दिउँसो १ बजे आफ्नै सभाहलमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादवलगायत केही धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घटनामा संलग्न अन्य केही नेपाली तथा भारतीय नागरिक अझै कानुनी दायरामा आउन सकेका छैनन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?