६ माघ २०७८, बिहीबार

हत्यारा पत्ता लगाउन सरकारसमक्ष इन्सेकको माग

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १४:१३


२६ पुस, खोटाङ । खोटाङमा विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ले सरकारसमक्ष माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापन–पत्र पठाउँदै इन्सेकले २६ माघ ०७३ मा मृत अवस्थामा फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ ‘१७’, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ बिश्वकर्मा ‘५७’ र ४ साउन ०७४ मा हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी बिक ‘३७’ को परिवारलाई न्याय दिन माग गरेको हो ।

इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत बुझाएको ज्ञापन–पत्रमा जघन्य अपराधका घट्नाका दोषीलाई पहिचान गरी कानुनी कठघरामा उभ्याएर पीडित परिवारलाई न्यायको प्रत्याभूति गराउन माग गरिएको छ ।

तीन महिलाको हत्या भएको वर्षौँ बिते पनि दोषीलाई प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन । प्रहरीको इन्भेस्टिगेसन टिमबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको इन्सेक प्रतिनिधि फुयाँलले बताए । महिलाको हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै जिल्लामा प्रहरीको आलोचना पनि भइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा