६ माघ २०७८, बिहीबार
जाेखिम उच्च
बाग्मती प्रदेश

ललितपुर प्रशासनले भन्यो:- घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्नु !

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १६:४५


२७ पुस, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको हो ।

प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा