६ माघ २०७८, बिहीबार
कोरोना भाइरस
बाग्मती प्रदेश

आजराति १२ बजेदेखि काठमाडौं उपत्यकामा नयाँ आदेश जारी !

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १७:०१


२७ पुस, काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकाका प्रजिअहरुको बैठकले संक्रमण नियन्त्रणका लागि बैठकले नयाँ आदेश जारी गरेको छ ।

मंगलबार बसेको बैठकले जारी गरेको आदेश बढ्दो संक्रमणलाई विशेष ध्यान दिदै आजराति १२ बजेदेखि लागू हुने काठमाडौं प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ।

बैठकले प्रशासन कार्यालयहरुले भौतिक उपस्थतिमा यस्ता बैठक वा सभा सम्मेलन गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने बताएको छ ।

यस्तै स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सम्बन्धित आयोजकको रहने र पालना नभएको पाइए कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न पनि सर्वसाधारणहरुसँग आग्रह गरेको छ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्न आदेशमा भनिएकाे छ ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य समेत गरिएको छ। यसमा मोबाइलमा फोटोमात्रै भएपनि हुने प्रशासनले भनेको छ।

यस्तो छ, नयाँ आदेश :


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा