६ माघ २०७८, बिहीबार

पनौतीको १२ वर्षे मकर मेला नहुने

प्रकाशित मिति :  २७ पुष २०७८, मंगलवार १७:०३


२७ पुस, काठमाडौं । काभ्रेको पनौती नगरपालिकामा १ माघदेखि सुरू हुन लागेको १२ वर्षे मकर मेला स्थगित भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार सम्पन्न बैठकले मेला स्थगित गरे पनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न भने पाउने निर्णय गरेको छ ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसबाहेक बैठकले जिल्लाका १३ वटै स्थानीय तहलाई कोभिड नियन्त्रण गर्न स्वास्थ्य मापदण्डहरू परिपालनामा कडाइ गर्न समेत आग्रह गर्ने निर्णय गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा