६ माघ २०७८, बिहीबार

प्रोग्रेसिभ फाइनान्सको लाभांश संशोधन, बोनस बढ्यो ?

प्रकाशित मिति :  २८ पुष २०७८, बुधबार १३:३३


२८ पुस, काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले लाभांश संशोधन गरिएको छ । कम्पनीले पूर्वघोषित लाभांश संशोधन गरिएको हो ।

कम्पनीको आज (पुस २८ गते) बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि कम्पनीले ७ प्रतिशत बोनस शेयर कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । अब कम्पनीले ४ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको बोनस शेयर बाँड्नेछ ।

यस्तै, २५ लाख २६ हजार ६३२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । कम्पनीले हाल कायम ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा