६ माघ २०७८, बिहीबार
सुदूरपश्चिम प्रदेश

एमाले बाजुराको अध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत चयन

प्रकाशित मिति :  २८ पुष २०७८, बुधबार १४:२२


२८ पुस, बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।

पहिलो कार्यकालमा सात बर्षसम्म अध्यक्ष रहेका शाही दोस्रो कार्यकालमा पनि अध्यक्ष चयन भएका हुन् । गत २३ पुसदेखि सञ्चालन भएको अधिबेशनले शाहीलाई सर्वसहमतमा चयन गरेको एमाले बाजुराले जनाएको छ ।

उनी जगन्नाथ गाउँपालिकाको अध्यक्षसमेत हुन् । यस्तै, अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिवमा भरत थापा, उपसचिवमा जनक बोहोरा र हरि रोकाया चयन भएका छन् । अध्यक्ष शाहीको नेतृत्वमा ९० जनाको जिल्ला कमिटी गठन भएको छ । अधिवेशन २७ पुसमा सम्पन्न भएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा