स्वर्ण पदक विजेता सुमन सम्मानित
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार २०:१५:४७
२८ पुस, काठमाडौं । नेपाल गोजुरियो कराते डो संघले दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता सुमन तिमल्सिनालाई बुधबार सम्मान गरेको छ ।
नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रा लिका निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरे । सुमन सागाका ब्रान्ड एम्बासडर पनि हुन् ।
३ देखि ५ डिसेम्बरसम्म भएको टोरोन्टो इन्टरनेसनल इ काता च्याम्पियनसिपमा सुमनले स्वर्ण जितेका थिए । उनले पुरुष सिनियर एकल कातामा स्वर्ण जितेका हुन् । प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराते एसोसिएन ९एनएसकेए० क्यानाडाले आयोजना गरेको हो ।
वर्ल्ड युनियन मार्सल आर्ट्स फेडरेसन ‘डब्लुयुएमएफ’ लन्डनको आयोजनामा भएको वर्ल्ड कप कराते इ काता च्याम्पियनसिपमा सुमनले कांस्य जिते । सुमनसहित फिलिपिन्सका खेलाडी संयुक्त रूपमा तेस्रो भएका थिए । श्रीलंकाका खेलाडीले स्वर्ण तथा बंगलादेशका खेलाडीले रजत जितेका थिए । यो प्रतियोगितामा पनि सुमनले पुरुष सिनियर एकल कातामै प्रतिस्पर्धा गरेका थिए ।
विगतमा सुमनले २०११ मा बंगलादेशमा भएको तेस्रो एसियाली कन्टिनेन्टल कराते प्रतियोगितामा स्वर्ण, २०११ मै श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा स्वर्ण, २०१२ मा भारतमा भएको छैटौं एसियाली गोजुरियो खुला कराते प्रतियोगितामा रजत, २०१६ मा मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराते प्रतियोगितामा कांस्य तथा २०२१ मा जर्मनीमा भएको चेम्निज खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा समान १(१ स्वर्ण र कांस्य जितेका थिए ।
सुमन भौतिक उपस्थितिमै हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि छन् । फ्रान्समा २१ देखि २३ जनवरीसम्म हुने पेरिस ओपन कराते प्रतियोगिता तथा लन्डनमा ३० जनवरीमा हुने युरोपियन ओपन कराते प्रतियोगितामा सुमनले सहभागिता जनाउँदै छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
हृदयघातका कारण गैर जापनिज विश्व सुमो च्याम्पियनका अकेबोनोको मृत्यु
चैत ३०, २०८० शुक्रबार
नयाँ वर्षमा धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
चैत २८, २०८० बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे ( फाेटाे फिचर )
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार