६ माघ २०७८, बिहीबार

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

प्रकाशित मिति :  २८ पुष २०७८, बुधबार १४:५९


२८ पुस, गलकोट । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मंगलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेको हो । पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा