६ माघ २०७८, बिहीबार

कहिलेसम्म खरिद गर्नेले पाउनेछन प्रिमियर इन्स्योरेन्सको लाभांश ?

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १३:००


२९ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्सले बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि माघ ५ गते बुक क्लोज गर्न लागेको हो ।
कम्पनीले माघ ५ गते बुक क्लोज गर्ने भएकाले माघ ४ गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले लाभांश हात पार्नेछन् ।

कम्पनीको २८औं वार्षिक साधारण सभा माघ २१ गते बोलाएको छ । प्रिमियर भवन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । भर्चुवल माध्यमबाट पनि सभामा सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

गत वर्षको नाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गरिदैंछ ।

आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा