पीएम कपः सुदूरपश्चिमद्धारा कर्णाली ४७ रनले पराजित
नेपालबहस संवाददाता
पुस २९, २०७८ बिहिबार १८:४४:१८
२९ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री ‘पीएम’ कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । बिहीबार बिहान भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्यो ।
जितका लागि १५४ रनको विजयी लक्ष्य पाएको कर्णाली प्रदेश १९ ओभर एक बलमा अल आउट भएसँगै सुदूरपश्चिमले पहिलो दुई अंक पाएको हो ।कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रन बनाए । यस्तै अर्जुन घर्तीले रन आउट हुनुअघि ३० रनको योगदान गरे ।
अनुप कुँवरले १३ रन बनाउनुबाहेक कर्णालीका तीन खेलाडी शून्यमा आउट भए । कर्णालीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्ले सर्वाधिक चार विकेट हात पारे । चार ओभरमा १५ रन मात्र खर्चिए । यस्तै हेमन्त धामीले दुई विकेट लिँदा विकाश अग्री, आदितय महता र गजेन्द्र बोहराले समान एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङका गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५३ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका अर्जुन साउदले सर्वाधिक ३२ रन बनाए । यस्तै वसन्त कार्कीले २८, दिपक बोहोराले २५ र खडक बोहोराले २२ रनको योगदान गरे । कर्णालीका प्रकाश जैसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै रविन्द्र शाही र दिवान पुनले समान दुई विकेट लिँदा दिनेश अधिकारीले एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिमले समूह ए बाट दुई अंक जोडेको छ । उसले दुई खेल खेल्दै तेस्रो स्थानमा उक्लिएको हो । यस्तै कर्णालीको समेत दुई खेलबाट एक जित र एक हारसहित दुई अंक रहेको छ ।
दुई खेलमा शत प्रतिशत जित निकालेको पुलिस शीर्ष स्थानमा छ । तीन खेलमा तीन अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । सुदूरपश्चिम तेस्रो स्थानमा रहँदा कर्णाली चौथो स्थानमा झरेको छ । प्रदेश १ भने एक अंकसहित पुछार तथा पाँचौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार