६ माघ २०७८, बिहीबार

अर्घाखाँची सिमेन्टको सभाले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १३:१७


२९ पुस, काठमाडौं । अर्घाखाँची सिमेन्टले माघ ५ गते साधारण सभा बोलाएको छ । कम्पनीको सभाले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सोही अुनसारको अधिृकत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गर्ने प्रस्ताव लैजाने भएको छ ।

अर्घाखाँची सिमेन्टको कार्यालय थापाथलीमा हुने साधारणसभामा बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को बार्षिक प्रतिवेदनमा छलफल गरेर पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिक नगद लाभांश स्वीकृत गर्ने लगायत प्रस्तावमा छलफल गरेर पारित गरिने छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा