६ माघ २०७८, बिहीबार

हिमालयन डिष्टिलरीको सभाले पारित गर्यो शतप्रतिशत लाभांश

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १३:४९


२९ पुस, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बुधवार वीरगञ्जमा सम्पन्न सभाले शतप्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी  १ अर्ब ५१ करोड पुगेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । चालू आवको पहिलो त्रैमासमा कम्पनीले २१ करोड १२ लाख नाफा कमाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा