६ माघ २०७८, बिहीबार

हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १५:३०


२९ पुस, काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध होवर्ट हुरिकेन्सले बिग बास लिग ९बीबीएल०मा सिड्नी थन्डर्सलाई नौ रनले पराजित गरेको छ ।

हुरिकेन्सको जितमा सन्दीपले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिए ।

बिहीवार मेलवर्न स्थित डकल्यान्ड स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाईलाई १७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पछ्याएको थन्डर्स निर्धारित २० ओभरमा १६८ रनमा समेटियो ।

जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्दै २४ अंकसहित चौथो स्थानमा छ । हुरिकेन्सले आगामी खेलमा मेलवर्न रिनेगाडेससँग खेल्दै छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा