६ माघ २०७८, बिहीबार

ईण्ट्राडेमा बुलिश चार्ट बन्दा कुन समुहमा देखियो गति ?

प्रकाशित मिति :  २९ पुष २०७८, बिहीबार १८:५३


२९ पुस, काठमाडौं । पुस महिनाको अन्तिम कारोवार दिन शेयरबजारमा आक्रामक वृद्धि हुँदै बन्द भएको छ । पुस महिनामा बिक्री चाप आउने बजारमा यो पटक सो गतिविधि देखिएन । यसले बजारको मनोविज्ञान निकै बलियो देखाउँछ ।

साताको अन्तिम कारोवार दिन नेप्से परिसूचकमा ५४ दशमलव १२ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमवल ९३ प्रतिशतले वृद्धि हुँदा ६ अर्ब ६६ करोडको शेयर कारोवार भएको छ । अघिल्लो कारोवार दिन नेप्सेमा ८ अर्ब ०३ करोडको शेयर कारोवार भएको थियो । कारोवार रकम भने घटेको छ । बजार आज २८०८ को विन्दुमा खुलेकोमा २८५८ को उच्च विन्दुसम्म पुगेको थियो भने २८०२ को न्यून विन्दुसम्म पुगेको थियो ।

बजार आज “ईण्ट्राडे हाइ”मा बन्द भएको छ।  बजारको आज उच्च विन्दु र बन्द विन्दुमा थोरै मात्र फरक देखिएको छ । यसले लगानीकर्ताहरु अन्तिम समयसम्म पनि आक्रामक रुपमा शेयर खरिद गरिरहेको देखाउँछ । आजको दैनिक चार्ट हेर्दा बजारले बुलिश प्रवृत्ति बनाएको देखिन्छ।

आजको कारोवार हेर्दा जलविधुत उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ भने त्यसपछि वित्त उपसुचकमा वृद्धि देखिएको छ । “अन्य ” उपसुचकमा मात्र गिरावट देखिएकोमा अरु सबै उपसुचकमा वृद्धि देखिएको छ।

सर्वाधिक कारोवार हुने कम्पनी:

सर्वाधिक कमाउने र गुमाउने कम्पनी :

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा