६ माघ २०७८, बिहीबार

अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार ०७:१८


३० पुस, प्योङयाङ । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् ।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ । अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ । त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा