६ माघ २०७८, बिहीबार
सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ संक्रमित

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार ०७:३६


३० पुस, कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना संक्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पीसीआर परीक्षणबाट आठ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गडडाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । एक हप्ताको अवधिमै यहाँ कोरोना संक्रमण हुनेको सङ्ख्या ५५८ पुगेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा