६ माघ २०७८, बिहीबार

नबिल र बङ्गलादेश बैंकको एक्विजीसन ५ महिनामा सकिने, शेयर स्वाप रेसियो कति ?

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १३:०४


३० पुस, काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । दुवै बैंकको एक्विजीसन पक्रिया भने ५ महिनामा सक्ने तयारी गरिएको छ ।

दुवै बैंकले संयुक्त मर्जर÷एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम हिजो (पौष २९ गते) सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट एक्विजिसन (प्राप्ति) सम्बन्धी प्रारम्भिक सम्झौता सर्वसम्मतिले पारित गरेका थिए ।

एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए ।

नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह रहेका थिए । सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर÷एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती (Acquire) गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात (Swap Ratio) कायम भएको जनाएका छन् ।

उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुने बैंकले संयुक्त विज्ञप्ति जारी गरी बताएका छन् । सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उदयकृष्ण उपाध्यायले हस्ताक्षर गरेका छन् भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको निती र बैकहरुको दिर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् । ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नबिल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकहरुमा सबै सुचकांकहरुमा अग्रणी हुने अनुमान गरिएको छ ।

बैकहरुले प्राप्ति कार्य पाँच महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिल बैंकले नेपाल बङ्गलादेश बैकलाई प्राप्ति पश्चात बैकको प्राथमिक पुजी रु. ४३ अर्ब, चुक्ता पुजी रु. २२.५ अर्ब, कर्जा रकम रु. ३०० अर्ब, निक्षेप रकम रु. ३१४ हुनेछ । गैरकोषमा आधारित व्यवसायको आकार रु १३० अर्बमाथी हुनेछ । शाखा संजाल तत्कालै २३५ पुग्नेछन् । ग्राहक संख्या १६ लाखमाथी हुनेछ । नबिल बैंकले दिगो बैकिङ्गलाई समेत केन्द्रविन्दुमा राखेर आफ्नो व्यावसायलाई अघी बढाएको छ भने डिजीटल बैकिङलाई समेत ग्राहकको आवश्यकता अनुरूप अघी बढाउदै लिएको दावी गरेको छ ।

बिहीबार काठमाडौंमा सम्पन्न सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नबिल बैकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत सहित दुवै बैंकका सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको जनाइएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा