६ माघ २०७८, बिहीबार

वोमी र सूर्योदय लघुवित्त मर्जरमा जाने अन्तिम सम्झौता सम्पन्न

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १५:१७


२९ पुस, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच आपसमा गाभ्ने गाभिने अन्तिम सम्झौता भएको छ । दुबै लघुवित्तबीच पुस २९ गते दिउँसो ३ः१५ बजे अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुबै लघुवित्तबीच भदौ १५ गते एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

वोमी लघुवित्तको हाल चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ भने सुर्योदय लघुवित्तको २४ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ।

दुबै लघुवित्तले १ बराबर १ अनुपातमा मर्ज हुने प्रस्ताव सहित साधारण सभा बोलाइसकेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा