६ माघ २०७८, बिहीबार

सिभिल बैंकको ५.२६ प्रतिशत लाभांश पारित

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १५:४०


२९ पुस, काठमाडौं । सिभिल बैंकको ११औं वार्षिक साधारणसभाले लगानीकर्तालाई दिन लाभांश पारित गरेको छ । बैंकको शुक्रबार बसेको सभाले ५.२६ प्रतिशत लाभांश पारित गरेको हो । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थामा एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने अख्तियारी सञ्चालक समितिलाई दिएको छ । यस्तै स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा