६ माघ २०७८, बिहीबार

विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १५:५३


२९ पुस, काठमाडौं । विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नका लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बिके र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छ्न ।

आगामी माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा