६ माघ २०७८, बिहीबार

जर्मनीको शौचालयमा ९० वर्षीय वृद्धामाथि यौन दुर्व्यवहार

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १५:५७


सांकेतिक तस्विर

३० पुस, बग्दाद । इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने बृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीय वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।

लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् ।

अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले बृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए ।

एलमाथि ‘शारीरिक रुपमा हानि गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ । तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु बृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन् ।

लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा