किसानहरू अन्नबाली मास्दै नगदेबालीतर्फ आकर्षित
नेपालबहस संवाददाता
पुस ३०, २०७८ शुक्रबार २१:४७:१८
३० पुस, तेह्रथुम । पछिल्लो समय तेह्रथुमका किसानहरू अन्नबाली मास्दै नगदेबालीतर्फ आकर्षित हुँदै आएका छन । खाली जमिन तथा पाखोबारीमा यतिबेला अम्लिसो खेतीले भरिएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै किसानहरू नगदेबाली रोज्दै आएका छन् ।
किसानले खेती गर्दै आएको अम्लिसोको राम्रो मूल्य पाएपछि हर्षित बनेका छन् । विगतका वर्ष अम्लिसोको मूल्य गिरावट आएसँगै निराश बनेका किसानहरू यतिबेला अम्लिसो थुत्न र बिक्री गर्न हतारोमा छन् । पशु चौपयालाई घाँससँगै फूलबाट आम्दानी लिन सकिने भएकाले पनि किसानहरूले अम्लिसो खेतीलाई रोजेका हुन् ।
अम्लिसो बेचेर राम्रै आम्दानी लिँदै आएको लालीगुराँस ५ दागपाका रमेश बस्नेतले बताए । उनी भन्छन्:- ‘खेती लगाएपछि अम्लिसोलाई खासै हेरचाह गर्नु पर्दैन फूल थुतेपछि घाँस राम्रो काट्नुपर्छ त्यति मात्रै हो ।
अम्लिसोको फूल बिक्री नभए पनि गाईवस्तुलाई घाँस हुन्छ बहुउपयोगी खेती हो ।’ बस्नेत जस्तै आठराईका गोपाल ढकालले पनी अम्लिसो बिक्रीबाट राम्रो आम्दानी लिँर्दै आएका छन् । ढकाल तरकारी खेतीसँगै अम्लिसो खेती गर्दै आएको बताउँछन् ।
तेह्रथुमको ग्रामीण क्षेत्रमा यतिबेला अम्लिसोको फूल प्रतिकिलो एक सय २० रुपैयाँले बिक्री भइरहेको छ । गत वर्ष एक सय अधिकतम एक सय रुपैयाँमा बिक्री भएको अम्लिसो यस वर्ष पहिलो सिजनमा एक सय ५० रुपैयाँसम्म बिक्री भएको थियो ।
राम्रो मूल्य भएकाले व्यापारीहरू खरिदका लागि घरघरमा आएर लैजाने गरेको किसानहरू बताउँछन् । अम्लिसो खेतीले परिवार धान्नसमेत टेवा पुग्दै आएको छ । यहाँका किसानहरूले पाँच रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अम्लिसो खेती गर्दै आएका छन् ।
जिल्लाको ६ वटै पालिकाहरूमा अम्लिसो खेती हुँदै आएको छ । पछिल्लो समय खाली रहेका जमिनमा अम्लिसो खेतीको विस्तार हुने क्रम बढ्दो रहेको कृषि शाखाहरूले जनाएका छन् । तेह्रथुममा उत्पादन भएको अम्लिसो धनकुटा हिले र झापाको विर्तामोडसम्म बिक्री हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार