माघी पर्वका लागि तरुल किन्नेको भीड
नेपालबहस संवाददाता
पुस ३०, २०७८ शुक्रबार २२:०:५
३० पुस, डोटी । जिल्लामा माघी पर्व नजिकिएसँगै यहाँका सहर तथा गाउँघरका बजारमा तरुल, पिडालु सखरखण्डलगायत कन्दमुल किन्न मानिसको निकै भीड बढ्न थालेको छ ।
यहाँका प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी तथा अन्य बजार बुडर, गैरा, विपीनगरमा जङ्लमा पाइने तरुल किन्नेको निकै भीड लाग्न थालेको छ । माघी पर्वका लागि भन्दै जिल्ला बाहिर गएका पनि घर फर्किन थालेपछि यहाँ चहलपहल बढ्दै गएको हो ।
जिल्लामा अहिले जङ्गली तरुलको मूल्य ठाउँअनुसार प्रतिकिलो रु ८० देखि रु १०० सम्म पर्ने गरेको जोरायल गाउँपालिका–१ गैराकी भावना बोहराले बताए । उनले भने, “माघ १ गते जङ्गली तरुल खानुपर्छ भन्ने धार्मिक मान्यताले किन्ने व्यक्तिको भीड बढेको हो, तरुलको मूल्य पनि एकाएक वृद्धि भएको छ ।”
कामका लागि भारतमा गएका पनि अहिले धमाधम आफ्ना घर फर्किन थालेका र उनीहरुसँगै कोरोना भाइरस पनि आउने क्रम बढेको भन्दै गाउँघरका तरुल व्यापारी तरुल लिएर बजारमा आउन कम गरेकाले सहर बजारमा जङ्गली तरुलको अभाव भएको देउवा तरकारी तथा फलफूल पसलका सञ्चालक ध्वजबहादुर देउवाले बताए । उनले भने, “ग्राहकले जङ्गली तरुल बढी खोज्छन्, कोरोना त्रासले गाउँबाट जङ्गली तरुल आएको छैन्, जङ्गली तरुल नपाउँदा घर करेसामै उत्पादन गरिएका तरुल बिक्री गर्दै आएका छौँ, माग बमोजिम त्यही पनि पुग्दैन ।” देउजाका अनुसार अहिले दिपायल, राजपुर तथा पिपल्ला बजारमा मात्रै दैनिक कम्तीमा पनि एक क्विण्टल घरेलु तरुल बिक्री हुँदै आएको छ ।
कोरोना महामारीको त्रासले यहाँका बजारमा पहिलेको वर्षजस्तो तरुल व्यापार भने नभएको सम्बद्ध व्यापारीको भनाइ थियो । गाउँबाट जङ्गली तरुल नआएका कारण यहाँका गाउँघरमा उत्पादन गरिएका घरेलु तरुलको मूल्य बढेको दिपायल राजपुरका चक्रबहादुर कठायतले बताए । उनले भने, “गाउँबाट जङ्गली तरुल आउन छोड्यो, घरेलु तरुलको पनि मूल्य बढेको र मुस्किलले पाउन थालेको छ, पहिले रु ४० मा पाउने घरेलु तरुल अहिले एकाएक रु १०० भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
सोमेश्वर मन्दिरमा दुई लाख बढी भक्तजनले दर्शन गरे
बैशाख ६, २०८१ बिहिबार
नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
सहसचिव अधिकारी, शर्मा र खरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख ६, २०८१ बिहिबार