६ माघ २०७८, बिहीबार

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको तालिम सम्पन्न

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १६:१६


२९ पुस, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संखुवासभाको खांदवारीमा यहि पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ ।

२६ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको उक्त तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरे ।

तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेल लगायत कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा