कृषि औजारसहित जनमत पार्टीको प्रदर्शन
नेपालबहस संवाददाता
पुस ३०, २०७८ शुक्रबार २२:२३:१
३० पुस, भैरहवा । रुपन्देहीको भैरहवामा सीके राउत नेतृत्वको जनमत पार्टीले कृषि औजारसहित प्रदर्शन गरेको छ । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा किसानको माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ता र किसानले कृषि औजारसहित प्रदर्शन गरेका हुन् ।
कृषि औजार कोदालो, फरुवा, हलोलगायतका समाग्री बोकेर ¥यालीसहित भैरहवाको बुद्धचोक हुँदै नगरको विभिन्न क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेका जनतम पार्टीका नेताहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मल र बिउको व्यवस्था तथा फसलको उचित समर्थन मूल्य माग गर्दै जनमत पार्टीले तराईका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएको छ ।
तीन सप्ताहदेखि आन्दोलित किसानको जायज मागहरूलाई सरकारले हालसम्म पनि पूर्ण रूपमा बेवास्ता गरिराखेको र उल्टै किसान आन्दोलनमाथि दमन गर्न व्यापक बल प्रयोग गरेकाले आन्दोलनका कार्यक्रम तय गरिएको जनमत पार्टीका केन्द्रिय सचिव भुपेन्द्र यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार