८ माघ २०७८, शनिबार

कोरोना नियन्त्रणमा एमालेले सरकारको ध्यानाकर्षण गराउने

प्रकाशित मिति :  ३० पुष २०७८, शुक्रबार १८:४५


३० पुस, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारसँग छलफल गर्ने भएको छ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन् ।

उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाइने कार्यक्रम रहेको जानकारी दिएका छन् । एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा