भेट्रान्स कपको उपाधि ललितपुरको बर्गरको पोल्टामा
नेपालबहस संवाददाता
माघ १, २०७८ आइतबार २:१:९
१ माघ, पोखरा । पोखरामा सम्पन्न भेट्रान्स कप फुटबलको उपाधि ललितपुरको टी-बर्गर क्लबले जितेको छ । शनिबार पोखराकै एवीसी भेट्रान्समाथि ३–० गोलअन्तरमा जीत निकाल्दै पाहुना टोली बर्गरले ‘५औं स्व. रञ्जित गुरुङबगर भाइ खलक एट–ए–साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको’ उपाधि उचालेको हो ।
विजेता टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाएको छ । टी बर्गरलाई उपाधि जिताउन भूपेन लिम्बुले २ र रमेश गुरुङले एक गोलको योगदान दिए । फाइनल खेलमा म्यान अफ दी म्याचको ट्रफी टी बर्गरका भूपेन लिम्बुले हात पारे ।
पुस २६ गतेबाट सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट गोल रक्षक टी बर्गरका मीनबहादुर बस्नेत, उत्कृष्ट डिफेण्डर एवीसीका विष्णुलाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड टी बर्गरका नगेन लिम्बु घोषित भए । उनीहरूले जनही नगद ५ हजारका साथमा ट्रफी हात पारे ।
४० वर्षदेखि ६५ वर्षको उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पीढीलाई खेलकुदप्रति अभिरुचि जगाउन वर्षेनी प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा २५ टिमको सहभागिता रहेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार