कामना सेवाको मुनाफासँगै प्रतिशेयर आम्दानीमा गिरावट ?
नेपालबहस संवाददाता
माघ ४, २०७८ मंगलबार १६:४२:१०
४ माघ, काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिम गरेको छ । बैंकले माघ ४ गते मंगलबार वित्तीय विवरण प्रकाशित गरेको हो।
दोस्रो त्रैमाससम्मसम्म आइपुग्दा बैंकको मुनाफासँगै प्रतिशेयर आम्दानीमा गिरावट आएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३४ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३९ करोड रुपैयाँ मुनाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने बढेको छ । बैंकले गैर सञ्चालन आम्दानी नगरेकाले खुद नाफा घटेको हो ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा बैंकको वितरणयोग्य नाफा २७ करोड १९ लाख ६७ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ०२ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान
बैशाख ७, २०८१ शुक्रबार
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई बञ्जी जम्पमा १५ सयसम्म छुट
बैशाख ४, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार