यो बर्ष रङ्गशालामा दर्शकविनै आहा ! रारा गोल्डकप
नेपालबहस संवाददाता
माघ ४, २०७८ बुधबार २:४६:४२
♦ कृष्ण दवाडी
४ माघ, कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा १ रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रङ्गशालामा दर्शकविनै सञ्चालन हुने भएको छ ।
पोखरा रङ्गशालामा यही माघ ६ देखि १५ गतेसम्म सञ्चालन हुने २०औँ संस्करण प्रतियोगिता बढ्दो कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दर्शक नराखेर भए पनि सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङ९सुरज०ले जानकारी दिए । उनले मोफसलको उत्कृष्ट प्रतियोगिता भएकाले कठिन अवस्थामा पनि यसलाई निरन्तरता दिन र प्रशासनको आग्रहअनुसार यसवर्ष टिकट बिक्री नगरिने जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ । यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ लाई रु आठ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । सो पुरस्कारको प्रायोजन सहारा युकेले गरेको छ । यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ ।
प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र नेपाल एपीएफ क्लबका बीचमा हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।
अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एशोसिएशन डाउल्ला, क्यामरुन रहेको थियो । विसं २०५५ मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने यस प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।
प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्य बहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आइएको क्लबका महासचिव अधिकारीले जानकारी दिए ।
हाल तेस्रो ब्याचको रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विसं २०६१ देखि आश्रित बालकको भरणपोषण आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षादिक्षा र फुटबल प्रशिक्षणलगायत कार्य क्लबले गर्दै आएको छ । प्रतियोगिताले पर्यटकीय सहर पोखरालाई स्पोर्टस् हब सिटीका रुपमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन र नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शनको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
शहरीकरणले गर्दा भूकम्पीय जोखिम बढ्यो : राष्ट्रपति पौडेल
बैशाख १२, २०८१ बुधबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार