४२ लघुिवत्तले लाभांश घोषणा गर्दा ६ लघुवित्तको बाँकी ?
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार १८:१५:३५
५ माघ, काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत ४२ लघुवित्तले लाभांश घोषणा गरेका छन् । ६ लघुवित्त कम्पनीले अझै लाभांश घोषणा गरिसकेका छैनन् ।
हालसम्म लाभांश घोषणा हुन बाँकी लघुवित्त कम्पनीहरुमा आरम्भ चौतारी, ग्रामीण विकास, मानुषी, समाज लघुवित्त, जीवन विकास र नयाँ सारथी लघुवित्त वित्तीय संस्थारहेका छन् ।
हाल लाभांश घोषणा गर्ने ४२ लघुवित्तमध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले गरेको छ । उक्त कम्पनीले ४७।५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै दोस्रो धेरै लाभांश घोषणा गर्ने लघुवित्तमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । उक्त संस्थाले ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।
त्यस्तै फर्वाड माइक्रोफाइनान्सले ३५ प्रतिशत बोनस र ७ प्रतिशत नगद, स्वाभिमान लघुवित्तले ३२.३ प्रतिशत बोनस र १.७० नगद, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस र १.६३ प्रतिशत नगद, सर्पोट लघुवित्तले ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद, उन्नति सहकार्य लघुवित्तले ३० प्रतिशत बोनस एवम् वोमी लघुवित्तले ३० प्रतिशत बोनस घोषणा गरेका छन् ।
उन्नति सहकार्य र वोमीले नगद लाभांश घोषणा गरेको छैनन् । उन्नति सहकार्य र वोमीले मर्जरमा गएका कारण बोनसमा कर तिर्नुपर्दैन । उन्नतिले सहकार्य लघुवित्तसँग मर्जर गरेर उन्नति सहकार्यको नाममा संयुक्त कारोबार भइसकेपछि शेयर किनेका लगानीकर्ताले भने बोनस शेयरमा ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । वोमी र सुर्योदय लघुवित्त १ बराबर १ को अनुपातमा मर्जरमा गएका हुन् । दुवै कम्पनीको नेप्सेमा कारोबार रोक्का छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार