शुक्रबारदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य
नेपालबहस संवाददाता
माघ ५, २०७८ बुधबार २३:२१:५०
५ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिम पछिल्लो समय दैनिक रुपमा बढ्न थालेपछि सरकारले सार्वजनिक स्थलहरूमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य देखाउनु पर्ने जनाएको छ । जसका कारण अब हरेकले खोप कार्ड आफूसँग सुरक्षित राख्नुपर्ने बेला आएको छ
माघ ७ देखि सार्वजनिक स्थलमा हिँडडुल गर्दा कोरोनाविरूद्ध खोप लगाएको कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू गर्ने भएको हो । सिसीएमसीले पनि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याउन सरकारलाई सिफारिस गरेको थियो।
गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले माघ ७ देखि खोप कार्ड अनिवार्य बोक्नुपर्ने नियम कडाइका साथ लागू गरिने निर्णय गरेको छ। साथै माघ १६ देखि २० गतेसम्म कोरोनाविरूद्ध खोप लगाउनका लागि विद्यालय खोल्न दिने तयारी छ।
साथै जहाजमा यात्रा गर्नेहरूले पनि खोप कार्ड देखाउनुपर्ने भएको छ। अनलाइनमार्फत् जहाजको टिकट काट्दा पनि खोप कार्ड अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ।
यस्तै, उपत्यकामा कुनै पनि किसिमका आमसभा, जुलुस, सभा र भेला गर्न नपाइने गरी प्रशासन कार्यालयहरूले नयाँ आदेश जारी गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले गरेको निर्णयअनुसारको नियम माघ मसान्तसम्म लागू हुनेछ ।
बैठकपछि जारी विज्ञप्तिअनुसार यस अवधिमा गोष्ठी, सेमिनार, समीक्षा र बैठक पनि गर्न पाइनेछैन । भर्चुअल विधिबाट भने यस्ता कार्यक्रम गर्न पाइनेछन् । भौतिक रूपमै सहभागी हुनैपर्ने कार्यक्रम भए २५ जनाभन्दा धेरै सहभागी हुन पाइनेछैन ।
७ माघदेखि भने यस्ता कार्यक्रममा सहभागी हुनेले अनिवार्य खोप कार्ड देखाउनुपर्नेछ । खोपकार्डको फोटो मोबाइलमा राखेर आवश्यकताअनुसार देखाउन सकिने स्थानीय प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ ।
खोप कार्ड हराएमा के गर्ने ?
कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिने र पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिने सूचनामा जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार