जबरजस्ती करणी कसुरमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
माघ ५, २०७८ बिहिबार १:३९:१३
५ माघ, खोटाङ । जबरजस्ती करणी गरेको कसुरमा खोटाङमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रकाश हिङमाङ र ४० वर्षकी महिलालाई जबरजस्ती करणी गरेको कसुरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिवादी हिङमाङले गत २५ पुस साँझमा छिमेकीको घरमा पितृ कार्य ९श्राद्ध०को निम्तो मानेर एक्लै घर फर्कँदै गरेको मौका छोपेर डर र धाकधम्की देखाएर बालिकामाथि जबरजस्ती गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाका आफन्तले १० माघमा किटानी जाहेरी दिएपछि लुकिछिपी बसिरहेको अवस्थामा हिङमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए ।
प्रतिवादी राईविरुद्ध घरमा कोही नभएको मौका पारेर महिलामाथि ३० पुस बिहान ११ बजेको समयमा बलात्कार गरेको अभियोग छ । फोनमार्फत महिलामाथि जबरजस्ती जबरजस्ती बलात्कार गरेको जानकारी प्रहरीचौकी तालखर्कमा आएपछि खटिएको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणीका दुवै अभियुक्तविरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको प्रेस–विज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
३ करोडमा बेच्न लागेको बोधिचित्तको रुख काटेको अभियोगमा चारजना पक्राउ
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार