इलाम बसपार्क प्रयोगविहीन हुँदा स्थानीयवासी चिन्तित
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार १८:१४:१५
६ माघ, मङ्गलबारे । निर्माण भएको डेढ वर्ष बित्दा पनि इलाम बसपार्क सञ्चालनमा आउन सकेको छैन । सम्वन्धित निकायले चासो नदेखाउँदा करोडौँ रकम खर्चेर इलाम नगरपालिका ९ शेरामा निर्माण गरिएको बसपार्क हालसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासी चिन्तित छन् ।
स्थानीय दाताहरुले बसपार्क निर्माणका लागि साढे १० रोपनी जग्गा निशुल्क उपलब्ध गराए पनि बसपार्क सञ्चालन नहुँदा उनीहरू चिन्तित भएका हुन् । विसं २०७३ असार १६ मा ठेक्का सम्झौता भई निर्माण शुरु भएको बसपार्क २०७७ साल जेठमा नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
नगरपालिकाको स्वामित्वमा आएपछि बसपार्क सञ्चालन हुने आशा गरेका नगरवासी एकाएक अर्कै प्रयोजनमा ल्याउन लागेको थाहा पाएपछि आश्चार्यमा परेका छन् । सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले बसपार्क निर्माणका लागि प्रथम चरणममा रु एक करोड आठ लाख र दोस्रो चरणमा रु तीन करोड ४ लाख गरी जम्मा रु चार करोड १२ लाख खर्च गरेको बताइएको छ ।
हाल नगरपालिकाले निजी जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गरिरहेकाले सम्पन्न भइसकेको बसपार्क सञ्चालन नगरेको भन्दै नगरबासीले बिरोध जनाउन थालेका छन् । हाल सो स्थानमा नगरपालिकाले ९ नम्बर वडा कार्यालय सञ्चालन गरिरहेको र अब कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार
थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ
बैशाख १३, २०८१ बिहिबार