मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २०:२९:११
६ माघ, लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पीसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।
उनले भने, “सबै कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जे कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका कार्यालयसहित नगरको सबै वडा बन्द हुनेछ । स्वास्थ्य र सरसफाइलगायतका सेवा भने निरन्तर चलिरहन्छ ।”
यसरी सेवा बन्द गर्दा सेवाग्राहीको भीड नहुने र संक्रमण फैलिन नपाउने भएकाले सेवा बन्द गर्नुपर्ने बाध्यता आइपरेको उनको भनाइ छ । जिल्लामा हालसम्म १३० जना कोरोना भाइरस संक्रमित छन् । तेस्रो लहर सुरु भएयता गत मंगबार जिल्लाका मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार