अन्नपूर्ण पदमार्ग पुनः सुनसान, पर्यटन चिन्तित !
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २२:१६:१६
६ माघ, लमजुङ । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शून्यजस्तै भएका जनाइएको छ । पर्यटक नआउँदा आम्दानीको स्रोत ठप्प भएको उनीहरु बताउँदछन् ।
कोरोनाको लहर घटेसँगै विस्तारै लय लिँदै गरेको यस क्षेत्रमा दैनिक ५०–६० हाराहारीमा पर्यटक आउने गरे पनि पछिल्लो समय पर्यटकको सङ्ख्या ह्यात्तै घटेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ‘एक्याप’ पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए। उनले भने, “कोरोनाले थला पारेर माथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, अझै कहिलेसम्म कोरोनाले प्रभाव पार्ने हो, थाहा छैन तर लामो समयसम्म पदमार्ग सुनसान बनेमा पर्यटन व्यवसायीलाई ठूलो नोक्सान हुनेछ ।”
पैतीस हजारभन्दा बढी पर्यटन यस पदमार्गमा आउने गर्दछन् । यीमध्ये अधिकांश पर्यटन व्यवसायीको आम्दानीको मुख्य स्रोत पर्यटक तथा पर्यटन क्षेत्र रहेको छ । तर कोरोनाले पर्यटक आगमन थप भएसँगै उनीहरुको आम्दानीसमेत नहुने हुँदा परिवारको दैनिकी गुजारा चलाउनलाई समेत समस्या हुने पर्यटन व्यवसायीको भनाइ छ । अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगत्का पच्चबहादुर गुरुङले भने, “पर्यटकको चाप हुँदा दैनिक रु ३०–४० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्य भएको छ । ”
लामो समय कोरोनाले प्रभावित भएको यस क्षेत्र पुन कोरोना र चिसो बढेकाले पर्यटक पदमार्गमा नआउँदा आम्दानी हुन छाडेपछि चिन्तित भएको उनको भनाइ छ ।
त्यस्तै पर्यटन व्यवसायी खुसबहादुर तामाङको पीडा पनि उस्तै छ । लामो समयपछि पर्यटक चहलपहलले आम्दानी बढाउँदा खुशी भएका खुसबहादुरको खुशी दुई–तीन महिना नबित्दै फेरि निराश बन्न पुगेको छ । दैनिक रु ३०–३५ हजार आम्दानी हुने गरे पनि यतिबेला पदमार्गमा पर्यटक शून्यजस्तै बनेसँगै आम्दानी नहुँदा र कोरोना बढेसँगै प्रभावले पर्यटक कहिलेसम्म नआउने हो र व्यवसाय नचल्ने भन्ने चिन्ताले सताउन थालेको उनले बताए । पर्यटन व्यवसायबाट परिवारको गुजारा चलाउँदै आए पनि पर्यटन क्षेत्र नै कोरोनाले प्रभावित बनाएपछि अर्को विकल्प के गरेर आम्दानी गर्ने भन्ने स्थिति सिर्जना कोरोनाले बनाएको पर्यटक व्यवसायी गुरुङको भनाइ छ ।
पर्यटकहरू हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितीरिवाज, प्राकृतिक सुन्दरता हेर्न अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहरमा छ । तर यतिबेला यी जिल्लाका पदमार्ग आसपासमा अधिकांश पर्यटन व्यवसायीको पीडा उस्तै छ । पदमार्ग सुनसान हुँदा पर्यटन व्यवसायी मात्र नभई सयौँ सङ्ख्यामा होटलमा आवद्ध कर्मचारी, भरिया तथा पर्यटकको पथप्रदर्शक गर्दै आएकालाई समेत समस्या पर्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘तेह्रकुने सिमसार’
चैत ५, २०८० सोमबार
अन्नपूर्ण पदमार्गको एकीकृत गुरुयोजना तयार गरिने
चैत २, २०८० शुक्रबार
अन्नपूर्ण क्षेत्रमा बढ्न थाले पर्यटक
चैत १, २०८० बिहिबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
प्रचण्ड झण्डैझण्डै दुर्घटना परिसकेका थिएः नेपाल
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार
हुण्डीको कारोबारामा संलग्न रहेको आरोपमा वीरगञ्जबाट एक जना पक्राउ
चैत ५, २०८० सोमबार
बन्दुकसहित दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ
चैत ५, २०८० सोमबार
शासकहरू
चैत ५, २०८० सोमबार
जसपाको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमको मस्यौदा लेखन सुरु
चैत ६, २०८० मंगलबार
गौरीफन्टा नाका हुँदै नेपाल भित्रिँदै
चैत ६, २०८० मंगलबार
परम्परागत पहिरनमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक
चैत ६, २०८० मंगलबार
सहसचिव र सीडीओ गरी १८ जनाको सरुवा, अध्यागमनमा पुगे निरौला
चैत ६, २०८० मंगलबार
गोसाइँकुण्ड घुम्न पुगेका पर्यटक
चैत ६, २०८० मंगलबार
पर्वतको पैंयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !
चैत ६, २०८० मंगलबार