धितोपत्र बोर्डले दियो बीमा कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमति
नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २२:२५:३५
६ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड ‘सेवोन’ ले बुधवार दुई बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्कासनको अनुमति दिने निर्णय गरेको छ ।
बोर्डले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको थियो ।
बोर्डबाट स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ४ को अनुपातमा रू। ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न पाउने भएको हो । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो ।
त्यस्तै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई भने बोर्डले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति दिने निर्णय गरेको हो । बोर्डबाट नुमति पाएसँगै कम्पनीले १० बराबर ३ को अनुपातमा रू। ५२ करोड ७५ लाख ५७ हजार २०० बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर विक्री गर्ने बाटो खुला भएको छ ।
कम्पनीले जेठ गत २५ गते उक्त हकप्रद शेयर विक्रीको लागि बोर्डमा निवेदन दिएको थियो । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीहरुले हकप्रद शेयर विक्री गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
नेप्से दोहोरो अंकको गिरावट, दुई अर्बभन्दा बढीको कारोबार
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार