३ जेष्ठ २०७९, मंगलवार

प्रदेश २ को नामाकरणको चार दिनपछि महन्थले के भने ?

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार १७:०३


६ माघ, काठमाडौं । प्रदेश २ को नामाकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सभा सदस्यहरूलाई धन्यवाद दिएका छ ।

प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेश सभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् ।

‘प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ,’ बिहीबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति :

मिति २०७८ माघ ३ गते प्रदेश–२ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी “जनकपुरधाम” र प्रदेशको नाम “मधेश प्रदेश” राख्ने एतिहासिक निर्णय गरेको कार्य स्वागत योग्य रहेको छ । यस एतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्य ज्यूहरुलाई हार्दिक बधाईका साथै धन्यवाद समेत व्यक्त गर्दछु । । प्रदेश २ को प्रदेश सभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको संदर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौदेखि मधेशी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तीको लागि गरिएको मधेश आन्दोलन तथा वीर शहिदहरुको सहादतको परिणाम स्वरुप मधेश प्रदेशको निर्माण भएको छ ।

महन्थ ठाकुर
अध्यक्ष


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा