३ जेष्ठ २०७९, मंगलवार

नेकपा एमाले काठमाडौंका पदाधिकारीहरुको पदबहाली

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार १७:०६


६ माघ, काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्लाको छैटौ अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन। काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला ,उपाध्यक्ष नवराज पराजुली ,सचिव राजेश शाक्य र उपसचिवहरु तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई ,केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल,विद्यासुन्दर शाक्य,रुपनारायण श्रेष्ठ,सरिता न्यौपाने र प्रदेस कमिटी सदस्य गणेश प्रसाद दुलाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा छैटौ जिल्ला अधिवेसनको निर्वाचन समितीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।

त्यस्तै पद बहाली पश्चात बसेको काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठक बसेको थियो। जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन, राष्ट्रिय सभा निर्वाचन,स्थानीय तहको निर्वाचन ,मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड (१९ सम्बन्धि विशेष निर्देसन लगायतका विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको छ।

नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीका पदाधिकारीहरुकी प्रथम बैठकका निर्णयहरु :


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
सिंगो स्थानीय सरकारमा एक दल !
नेपालबहस संवाददाता


नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता