पाँच स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र

नेपालबहस संवाददाता
माघ ६, २०७८ बिहिबार २३:२७:५३

६ माघ, खोटाङ । खोटाङमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको काम ७ महिनादेखि अलपत्र परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटार, दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासे र ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेलस्थित स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र परेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० बबरमहल, काठमाडौंबाट टेण्डर भएर जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० ओखलढुंगामार्फत सुरु गरिएको पाँच स्वास्थ्यचौकीको भवन गत साउनदेखि ठप्प बनेको छ । भ्याट सहित ७ करोड ४० लाख, ८४ हजार २९६ रुपैयाँमा पुरा गर्नेगरी गौरी पार्वती(न्यू टेक्नीकल जेभी, ललितपुरले स्वास्थ्यचौकीको डेढ तले भवन निर्माणको ठेक्का लिएको थियो । आगामी ८ चैतसम्ममा भवनको काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीले गत १० मंसिर २०७७ मा ठेक्का सम्झौता गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाले जनाएको छ ।
हालसम्म स्वास्थ्यचौकी दोर्पाचिउरीडाँडा, मंगलटार, बतासे र राखाबांदेल स्वास्थ्यचौकी भवनको स्ट्रक्चरको काम सकिए पनि बाहुनीडाँडा स्वास्थ्यचौकीको काम अझै सुरु नभएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए ।
‘असार मसान्तसम्म काम भयो । केही भवनको प्लास्टर पनि गरिएको छ । सोही अनुसार भुक्तानी पनि भयो,’ इन्जिनियर मण्डलले भने, ‘त्यस यता भवन निर्माणको काम बन्द छ । काम सुरु गर्न पत्राचार पनि गरेका छौं तर कुनै रेस्पोन्स आएको छैन ।’ मुख्य ठेकेदारले दोस्रो ठेकेदार र दोस्रोले तेस्रो ठेकेदारलाई भवनको काम छाडेकाले भवनको काम अलपत्र परेको कार्यालयले जनाएको छ ।
दोर्पाचिउरीडाँडाका होटेल व्यवसायी तथा कामदारले भवन निर्माणको काम गरिरहेको ठेकेदारबाट पाउनुपर्ने भुक्तानी पनि हालसम्म पाएका छैनन् । निर्माण कम्पनीका प्रतिनिधिले होटेलमा खाना खाएको पैसा हालसम्म नतिरेको र भवन निर्माणमा श्रम गरेका कामदारले पारिश्रमिक नपाएको जानकारी आएको इन्जिनियर मण्डलले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना अन्तरगत राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुंगामार्फत अघि बढेको स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मेवारी हाल सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगालाई सरेको छ ।
गत १ असोजदेखि पुनर्निर्माण प्राधिकरण अन्तरगतको भवनको जिम्मेवारी सघन सहरी विकास तथा भवन निर्माण आयोजनामा सरेपछि स्वास्थ्यचौकी भवन निर्माणको काममा अप्ठ्यारो आइपरेको निर्माण कम्पनीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अपुरो गरेर ठेकेदार बेपत्ता
जेठ २२, २०८० सोमबार
ठेकेदारले भवन अलपत्र पारेपछि स्वास्थ्यचौकीको सेवा प्रभावित
जेठ २१, २०८० आइतबार
निर्माण व्यवसायीले दिए भुक्तानीका लागि सरकारलाई अल्टिमेटम
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने
जेठ २२, २०८० सोमबार
यौन दुर्व्यवहार मुद्दामा मदन राई धरौटीमा रिहा
जेठ २२, २०८० सोमबार
सांसदहरूले गरे गाँजा खेती गर्ने सरकारको निर्णयको समर्थन
जेठ २२, २०८० सोमबार
राष्ट्रपतिद्वारा विभिन्न देशका आवासीय तथा गैरआवासीय नेपाली राजदूत नियुक्त
जेठ २२, २०८० सोमबार
प्रतिनिधिसभाको बैठकमा शाेक प्रस्ताव पारित, अर्काे बैठक भाेलि ११ बजे बस्ने
जेठ २२, २०८० सोमबार
अर्थमन्त्री महतमाथि घरानालाई पोस्ने गरी करको दर हेरफेर गरेको आरोप
जेठ २२, २०८० सोमबार