३ जेष्ठ २०७९, मंगलवार

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार १८:२३


♦ हरिप्रसाद भुसाल

६ माघ, अर्घाखाँची । अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । आज ३१ जनामा कोभिड संक्रमण पुष्टि भएसँगै अर्घाखाँची जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको हो ।

आज सन्धिखर्क नगरपालिकमा १३, मालारानी गाउँपालिकामा ३, शितगंगा नगरपालिकामा १३ र पणिनी गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै अर्घाखाँची जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या ४ हजार ६ सय २५ पुगेको छ । यस्तै कोभिडबाट हालसम्म अर्घाखाँचीमा ९१ जनाले ज्यान गुमाएका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
सिंगो स्थानीय सरकारमा एक दल !
नेपालबहस संवाददाता


नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता