३ जेष्ठ २०७९, मंगलवार
मधेश प्रदेश

सप्तरीमा ३० जनामा कोरोना पुष्टि

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार १८:२७


♦ सुधा देव

६ माघ, सप्तरी । सप्तरीमा ३३ जनाको पीसीआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको सप्तरीका जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए ।

उनले भने, ‘बुधबार पीसीआरका लागि ३३ जनाको स्वाब संकलन गर्दा बिहीबार ३० जनाको कोरोना पोजेटिभ देखिएको हो ।’ संक्रमित मध्ये अधिकांश सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमित मध्ये सबै जना होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा ज्वरोका बिरामी बढेका छन् । रुघाखोकी लाग्ने, ज्वरो आउने, जाडोले काम्ने बिरामी घरै पिच्छे रहेका छन् । उनीहरू पिसिआर परीक्षण नगरी घरमै उपचार गरेर बसेको निमित्त प्रमुख यादवको भनाई छ ।

‘सबै बिरामीले पीसीआर टेस्ट गर्ने हो भने सप्तरीमा संक्रमितको भयावह अवस्था हुन्छ । आफैं ठिक भइहाल्छ भन्ने धारणा सर्वसाधारणको रहेकोले पिसिआर प्रति चाँसो सर्वसाधारणमा नरहेको यादवको भनाई रहेको छ । कोरोना संक्रमणकै कारण सप्तरीमा एक जना महिलाको सोमबार मृत्यु भइसकेको छ,’ यादवले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा