३ जेष्ठ २०७९, मंगलवार

प्रतिष्ठान प्रदेशमा २३० पत्रकार संक्रमित

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार १८:४५


६ माघ, काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेशमा कोरोनाबाट संक्रमित कूल पत्रकारको सङ्ख्या २३० पुगेको छ । कोरोना भाइरसको तेस्रो लहरबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरु तारानाथ दाहाल, शिव गाउँले, महेन्द्र विष्टका साथै प्रतिष्ठान प्रदेशबाट निर्वाचित दुई केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसहित प्रदेश समितिका पदाधिकारी, सदस्यका साथै एक दर्जन शाखाका अध्यक्षहरु संक्रमित भएका छन् ।

प्रतिष्ठान प्रदेश समितिअन्तर्गत शाखा र सञ्चार गृहमा कार्यरत गरी अहिलेसम्म उक्त संख्यामा पत्रकार संक्रमित भएको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले बताए । उनले भने, “केही शाखा र सञ्चार गृहको विवरण आउनेक्रम जारी छ ।”


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
सिंगो स्थानीय सरकारमा एक दल !
नेपालबहस संवाददाता


नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता