३ जेष्ठ २०७९, मंगलवार
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम कति थपिए कोरोना संक्रमित ?

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार १९:०२


६ माघ, बैतडी । सुदूरपश्चिम प्रदेशमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २८६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत २३९ र एन्टिजेनमार्फत २९५ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, महाकाली अस्पतालमा ५०, जिल्ला अस्पताल बाजुरामा २२ र एन्टिजेनमार्फत कैलालीमा ९८, कञ्चनपुरमा ९४, बाजुरामा ६, दार्चुलामा २, बझाङमा १०, बैतडीमा ५, डोटीमा ३१, डडेल्धुरामा ३८ र अछाममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जना कोरोनाबाट निको भएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोसैको पनि मृत्यु भएको छैन । यसैबीच आज संक्रमण पुष्टि भएका ५३४ जनामध्ये १५५ जना भारतबाट घर फर्किएका व्यक्ति हुन् । प्रदेशको गौरीफन्टा नाकामा ७४, गड्डाचौकी नाकामा ७६, झुलाघाटमा चार र पुलघाट नाकामा एका जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि बुधबार प्रदेशमा ४७७ जनामा कोरोना स.क्रमण पुष्टि हुँदा १९ जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा