नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ
नेपालबहस संवाददाता
माघ ६, २०७८ शुक्रबार १:४९:१७
६ माघ, चितवन । चितवनमा नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन् । चितवन प्रहरीले खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई ४ माघमा पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर ‘खोटा मुद्रा’ मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
नारायणगढ बेलचोकमा रहेको एक फेन्सी पसलमा कपडा खरिद गर्न गएकी पबिता घतानीले कपडा खरिद गरेपछि दिएको नोट नक्कली भएको भन्ने सूचनाको आधारमा प्रहरीले घतानीलाई पक्राउ गरेको थियो ।
उनको साथबाट नक्कली नेपाली नोट एक हजार रुपैयाँका १० थान बरामद गरिएको अधिकारीले बताए । एचपी कम्पनीको ल्यापटप एक थान र सौर्य दैनिकको एउटा प्रेस कार्डसहित तामाङलाई सौराहाको एक होटेलबाट पक्राउ गरिएको उनले बताए ।
नक्कली नेपाली नोट छाप्ने काममा भने अरू नै संलग्न रहेको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको उनले बताए । उनीहरूको साथबाट एमआई कम्पनीको एउटा मोबाइल पनि बरामद गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
अनमोलको फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक
बैशाख ६, २०८१ बिहिबार
सांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
काठमाडौं महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड
बैशाख ६, २०८१ बिहिबार
किन सुकाइयो पिम्बहाल पोखरी ? [ फोटोफिचर ]
बैशाख ६, २०८१ बिहिबार
प्रधानन्यायाधीशले महालेखापरीक्षक रायालाई गराए शपथ
बैशाख ६, २०८१ बिहिबार
कांग्रेसले सघाउने भनेपछि हच्किएर एमालेले सोडारीलाई दियो समर्थन, मुख्यमन्त्रीमा दाबी पेश
बैशाख ६, २०८१ बिहिबार