३ जेष्ठ २०७९, मंगलवार

राष्ट्रिय महिला हक्की : आर्मी र गण्डकी सेमिफाइनलमा

प्रकाशित मिति :  ६ माघ २०७८, बिहीबार २०:०६


६ माघ, काठमाडौं । नेपाल आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा साबिक विजेता आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलले पराजित गर्‍यो । आर्मीका कमला चन्दले ४, नीलिमा पाण्डेले २ र सीतामाया बलले १ गोल गरे । आर्मीकी अन्जना चन्द प्लेयर अफ दि म्याच घोषित भइन् ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकीले दोस्रो संस्करणको विजेता लुम्बिनी प्रदेशलाई २–० गोलले हरायो । कमलादेवी घर्ती पुन र नानु गुरुङले १–१ गोल गरे । गण्डकीकी सविना पुन राना प्लेयर अफ दि म्याच बनिन् ।

विजेताद्वयको भेट सेमिफाइनलमा हुने छ । अर्को सेमिफाइनल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशबीच हुने हक्की प्रशिक्षक रञ्जन थापाले जनाए । दुवै सेमिफाइनल शुक्रबार हुने छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
सिंगो स्थानीय सरकारमा एक दल !
नेपालबहस संवाददाता


नवौं राष्ट्रिय खेलकुद सर्ने
नेपालबहस संवाददाता